१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

२५ भदौ, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । उक्त बैठक प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा छलफल गर्न आज अपराह्न ५ बजे बस्ने गरी बोलाउनुभएको हो ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाउनुभएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ११:२७