प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक
२५ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । उक्त बैठक प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा छलफल गर्न आज अपराह्न ५ बजे बस्ने गरी बोलाउनुभएको हो ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाउनुभएको स्रोतको भनाइ छ ।
प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ११:२७