२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

२५ भदौ, काठमाडौँ । मंगलबार दिउँसो एक बजे सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ । उक्त बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको  छ ।

त्यस्तै, अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरीयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ लाई पारित गरीयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : September 10, 2024 at 9:32 am