१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राजदूत सिफारिस समावेशी बनाउन मन्त्रिपरिषदमा कुरा उठाउँछु: परराष्ट्र मन्त्री

२४ भदौ, काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी बनाउन मन्त्रिपरिषदमा आफूले कुरा उठाउँने बताउनुभएको छ ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री राणाले राजदूत सिफारिस जति समावेशी हुनु पर्ने हो त्यो हुन नसकेको बताउनुभयो ।

परराष्ट्र मन्त्री राणाले भन्नुभयो-‘जति समावेशी हुनुपर्ने थियो त्यती हुन सकेको छैन।  मन्त्री र सांसद एकअर्काका पूरक हुन्, पुनरवलोकन गर्न र राम्रो बनाउने जिम्मा पनि संसदीय समितिको नै हो,’ ‘यहाँहरूले दिनुभएको सुझावअनुसार म मन्त्रिपरिषदमा कुरा उठाउँछु।’

राजदूत सिफारिसमा दलित समुदाय, मुश्लिम समुदायलगायत समावेश हुन नसकेको उल्लेख गर्दै उहाँले महिलाको संख्या पनि कम रहेको तथा ५० प्रतिशत राजदूत कर्मचारीबाट आउने र ५० प्रतिशत राजनीतिक नियुक्त हुने भनिए पनि त्यहाँ पनि समावेशी गर्न नसकिएको समेत बताउनुभयो ।

प्रकाशित मिति : September 9, 2024 at 1:19 pm