१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकाय छुट्याउने विधेयक संसदमा पेस गर्ने तयारी

२४ भदौ, काठमाडौँ । सरकारले हवाई क्षेत्र सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयक बनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयकलाई अब मन्त्रिपरिषदमार्फत संसदमा पेस गरिने बताउनुभयो ।

सांसदहरूले पनि नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै बनाउन सरकारको ध्यानाकर्षण गर्दै आएका थिए।

सरकारले नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउन यसअघि पनि विधेयक ल्याएको थियो । तर उक्त विधेयक भने राष्ट्रिय सभाबाट पारितसमेत भइ प्रतिनिधि सभामा आए पनि अघि बढेको थिएन।

अहिले सरकारले पुन: प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने गरी विधेयक अघि बढाएको हो।

प्रकाशित मिति : September 9, 2024 at 11:59 am