सुर्खेत उडेको केही मिनेटमै श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
२४ भदौ, काठमाडौँ । सुर्खेतका लागि काठमाडौँबाट उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त जहाज बिहान ७ बजे उडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो ।
चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
प्रकाशित मिति : September 9, 2024 at 10:25 am









