३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सत्ता साझेदार दलको बैठक बस्दै

२४ भदौ, काठमाडौँ । सोमबार अपराह्न ४ बजे  सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यद्यपि मन्त्रिपरिषद् बैठक पनि सोही समयमा भएकाले उक्त बैठकको समय फेरबदल हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको हो ।

प्रकाशित मिति : 09:22