१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नदी किनाराका जमिन खाली गराउने निर्णयको विपक्षमा एकीकृत समाजवादी

२३ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय कार्यान्वयन गर्दा जनताको  निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन हुने नेकपा (एकीकृत समाजवादी)ले निष्कर्ष निकालेको छ ।

आइतबार उपत्यकाका पार्टी नेताहरूको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्ने र पार्टीको धारणा  जनतासम्म पुर्‍याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको  उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी  श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापालगायतको नेता कार्यकर्ताको टोलीले पार्टीका शीर्ष नेतालाई भेटेर यस समस्याबारे जानकारी गराएका थिए ।

उपत्यकाको नदी किनारा आसपास ४० मिटर छाडेर मात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौँमा आइतबार प्रदर्शन भइरहेको छ ।

सर्वोच्च अदालतले नदीको मापदण्ड पुरानोमा २० मिटर बढाएर कायम गरेपछि खारेजीको माग गर्दै उपत्यकाका स्थानीयहरू आक्रोसित हुँदै  विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : September 8, 2024 at 2:39 pm