११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

टीसीएलले ल्यायो चाडपर्व लक्षित अफर

२३ भदौ, काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व लक्षित गरी आफ्नो नयाँ अभियान “Celebrate Greatness Together” घोषणा गरेको छ। उक्त अभियानले ग्राहकहरूलाई उत्साहजनक बनाउनका साथै क्यासब्याक र उपहारहरू पनि अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस अभियानले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा रु. १ लाख ६३ हजार ५०० सम्मको क्यासब्याक प्रदान गर्नेछ भने अझ आकर्षक बनाउन प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न ग्यारेन्टी समेत दिएको कम्पनीको भनाइ छ ।

त्यस्तै, थप उत्साहका लागि टीसीएलले बम्पर अफर प्रस्तुत गरिरहेको छ। जसअनुसार पाँच भाग्यशाली विजेताहरूले प्रतिष्ठित CMF Phone 1 by NOTHING  जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार ११:२९