३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न- माओवादी युद्ध महान थियो भने किन छोडेको, किन आउनुपर्यो शान्ति प्रक्रियामा?

२२ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताउनुभएको छ ।

शनिवार काठमाडौँमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा वाहाँले सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गर्नुका साथै माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गर्नुभयो । जनयुद्ध महान भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्धै थियो भने त सफल हुनुपर्थ्यो ।

प्रकाशित मिति : 15:40