१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अमेरिकामा रोजगारी उपलब्धता २०२१ को जनवरीयताकै न्यून

२० भदौ, वासिङ्टन डीसी । अमेरिकामा रोजगारीको उपलब्धतामा कमी आएको छ । जुलाईमा उपलब्ध रोजगारी अपेक्षा गरिएकोभन्दा धेरैले कम भएको छ ।

जुलाईमा करिब ७६ लाख ७० हजार जति पद पूर्तिका लागि नयाँ कर्मचारीको माग भएको बुधबार श्रम तथ्यांक विभागले जारी गरेको छ । यो सन् २०२१ को जनवरीयताकै न्यून हो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले दुई हप्तापछि बस्ने नीतिगत बैठकमा ब्याजदर उच्च कटौती गरिने अपेक्षा बढिरहेकै समय यो तथ्यांक आएको हो ।

प्रकाशित मिति : September 5, 2024 at 2:07 pm