१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छ: गृहमन्त्री लेखक

२० भदौ, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको हत्या प्रकरणबारे सूक्ष्म तरिकाले अनुसन्धान हुने बताउनुभएको छ। बिहिबार कञ्चनपुरले महेन्द्रनगरीथित प्रेस युनियन आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो कुरा राख्दै वाहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताउनुभयो ।

“यस प्रकरणबारे मैले गम्भीरताका साथ लिएको छु, यस घटनाको सूक्ष्म रूपमा अनुसन्धान हुन्छ ।” वाहाँले भन्नुभयो ।

कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने र यसलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको पनि वाहाँले बताउनुभयो। “निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ र यसले चीन सँग जोड्छ’, गृहमन्त्री लेखकले भन्नुभयो । ”दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी देश भारत तयार भएको र दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निर्माण गर्न भारतले टेन्डर आह्वान गर्छ ।” गृहमन्त्री लेखकले भन्नुभयो ।

प्रकाशित मिति : September 5, 2024 at 10:14 am