१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शिक्षकको प्रतिष्ठा र सेवा सुविधा बढाऔं: महामन्त्री थापा

१९ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रूपमा हटाउनुपर्ने बताउनुभएको छ ।

बुधबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि  समितिको बैठकमा वाहाँले विद्यालय शिक्षा विधेयकमाथिको संशोधनमा भाग लिँदै संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्ण रुपमा हटाउनुपर्ने बताउनुभएको हो ।

 वाहाँले भन्नुभयो, ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ, किनकि हाम्रो संविधानले यसलाई मान्दैन, शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभएर, प्राधिकरण हुनुपर्छ।’

शिक्षकलाई प्रतिष्ठा तथा सेवा सुविधा बढाउने कुरा खुलेर गर्न पनि वाहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : September 4, 2024 at 6:00 pm