३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि ओलीको फलोअर्स दोब्बर हुन्छः रामकुमारी झाँक्री

१९ भदाै, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले एमालेका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुने बताउनुभएकाे छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री ओलीको फेसबुकमा अनफलो अभियान चलाएपछि झाँक्रीले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे । उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १७:५५