११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

प्रिमियम लक्जरी इभी ‘जिकर एक्स’ सार्वजनिक

१९ भदौ, काठमाडौँ ।  नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले लक्जरी इभी ‘जिकर एक्स’ नेपालमा सार्वजनिक गरेको छ। उक्त इभी काठमाडौँमा एक समारोहमा सार्वजनिक गरेको हो ।

यो ब्रान्ड चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडी हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको आतिथ्यमा भएको यस कार्यक्रममार्फत प्रमुख अतिथि देवेन्द्र दाहाल र शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा तथा प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले यस ब्रान्डको बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी जिकर एक्स सार्वजनिक गरेका हुन्।

जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधासहितको गाडीहरूमध्ये एक अग्रपङ्तिमा रहेको छ । यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च, सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ । जसले गर्दा सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १४:१२