१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

‘आज सार्वजनिक बिदा’ भन्दै गृहको फेक सूचना बनाएको आशंकामा एक जना नियन्त्रणमा

१९ भदौ, काठमाडौँ । ‘भदौ १९ गते (बुधबार) सार्वजनिक बिदा’ भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

गृह मन्त्रालयले यसबारेमा साइबर ब्युरोलाई पत्राचार गरेसँगै जिल्ला प्रहरी कार्यालय चितवनलाई सम्पर्क गरि एक जनालाई नियन्त्रणमा लिएको हो।

कार्यालयले ती युवकलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो

ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पाइएमा उनलाई सार्वजनिक गर्ने पनि प्रहरीले बताउनुभयो ।

प्रकाशित मिति : September 4, 2024 at 12:53 pm