१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

१९ भदौ, काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरू हुनेछ । उक्त बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने भएका छन्।

मंगलबारबाट सुरु भएको बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने तथा बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बसेकाे बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन्। यधपी, यस कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय दिइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

त्योभन्दा बढी धारणा राख्न चाहने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १०:४९