१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एमाले पोलिटब्यूरो बैठक आज बस्दै, यस्ता छन एजेण्डा

१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ  । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार ११:४२