१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गण्डकीको प्रदेश सरकारः एमालेका चार मन्त्री इन्ट्री, दीपक मनाङ्गे आउट

१७ भदौ, कास्की । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री दीपक मनाङ्गे भनिने राजीव गुरूङले पदबाट राजीनामा दिनुभएको छ । आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहनुभएका उहाँलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँको राजीनामा स्वीकृत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेले आजै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार २०:१६