१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गजामा ६ बन्धक मारिएपछि हजारौं इसराइली निस्किए सडकमा

१७ भदौ, काठमाडौँ । गाजामा ६ जना बन्धकको मृत्यु भएपछि इसराइलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरूद्ध देशव्यापी प्रदर्शन भएको छ।

हमासको बन्धकमा रहेका आफ्ना नागरिकहरुलाई छुटाउन इसराइलका प्रधानमन्त्री गम्भीर नरहेको बताउँदै उनीहरूले बन्धक छुटाउन माग गर्दै देशव्यापी प्रदर्शन गरेका हुन्।

आइतबारदेखि इसराइलीहरू हातमा झन्डा बोकेर राजधानी, जेरूसलेम लगायतका शहरका सडकमा निस्किएका छन्। यधपी, अन्यत्र पनि ठुल्ठूला प्रदर्शन भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इसराइलको राष्ट्रिय ट्रेड युनियन महासंघले नै सोमबार आम हड्तालको आह्वान गरेको छ। उक्त हड्तालका कारण नै विभिन्न क्षेत्रमा प्रभावित भएका छन्।

सुरक्षाकर्मीले भने प्रदर्शनकारीहरूमाथि पानीको फोहोर तथा अश्रुग्यास प्रहार गरी भिड तितरबितर बनाउने प्रयास गरेपनि प्रदर्शन जारी रहेको छ भने सरकारले आन्दोलनमा उत्रिएका कर्मचारीहरूको तलब कटौती गर्ने घोषणा गरेको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति : September 2, 2024 at 1:48 pm