त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
१७ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख माग गरेको छ ।
क्याम्पस प्रमुख छनोट समितिले सोमबार सूचना जारी गर्दै ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो।
त्रिविले ललितपुरको पाटन संयुक्त क्याम्पस, काठमाडौंकै विश्वभाषा क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस र पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका लागि क्याम्पस प्रमुख माग गर्दै आवेदन खुलाएको हो।
त्यसैगरी, डोटी बहुमुखी क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस र जुम्ला क्याम्पसका लागि प्रमुख माग गरिएको छ।
प्रकाशित मिति : September 2, 2024 at 10:29 am










