३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बालेनलाई बडालको निर्देशनः ‘रअ’को निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्

१६ भदौ, काठमाडौँ । सत्तारूढ पार्टी नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनन्द्र शाह बालेनलाई सामाजिक सञ्जाल मार्फत निर्देशन दिनुभएको छ । आइतबार राति फेसबुक मार्फत अध्यक्ष बडालले भारतीय गुप्तर एजेन्सी ‘रअ’ निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस् भन्ने निर्देशन दिनुभएको हो ।

यो महानगर प्रमुख माथिको गम्भीर आरोप पनि हो । आइतबार नै राति बालेनले एमाले सांसद रेखा शर्माले बालश्रमिक राखेर दूर्व्यवहार र हिंसा गरेको दाबी गर्नुभएको थियो । त्यसको प्रत्युत्तरमा अनेरास्ववियुका अध्यक्ष बडालले बालेनले ‘रअ’ निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम गरिरहेको बताउनुएको हो ।

उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘काठमाण्डौ महानगरको मेयर बालेनजि साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतीय खुबिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।

प्रकाशित मिति : 21:27