३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

प्रधानमन्त्री ओलीलाई बालेनको अहिलेसम्मकै गम्भीर आरोप र प्रश्न

१६ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन प्रधानमन्त्री माथि खनिनुभएको छ । एमाले सांसद रेखा शर्माले नबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको र कारबाही गर्न नदिएर संरक्षण गरेको भन्दै उहाँले प्रधानमन्त्री माथि नै गम्भीर आरोपसहितको प्रश्न गर्नुभएको छ ।

महानगर प्रमुख शाहले ‘सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ?’

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।’

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार २०:५४