११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

१६ भदौ, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १२:०५