११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

१४ भदौ, काठमाडौँ । गत असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

सबैभन्दा बढी भारतबाट १ खर्ब ३ अर्ब ४५ करोड अर्थात् ३५ प्रतिशत लगानी रहेको छ ।

त्यसैगरी, अस्ट्रेलियाबाट पनि गत असारसम्म १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड लगानी आएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको छ ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा, सेवा क्षेत्रमा ४०.२ प्रतिशत, जलविद्युत्मा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

कुल वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १४:४७