१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एकीकृत समाजवादी- भ्रष्टाचार मुद्दामा हदम्याद राख्नु हुँदैन

१४ भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचार मुद्दामा ५ बर्षे हदम्याद राख्न नहुने धारणा सार्वजनिक गरेको छ ।

संसद्को राज्य व्यवस्था समितिमा भ्रष्टाचार नियन्त्रण ऐन–२०५९ को संशोधन विधेयकमाथि छलफल भइरहेका बेला एकीकृत समाजवादीले हदम्याद राख्न नहुने धारणा राखेको हो ।

पार्टीले भ्रष्टाचारको मुद्दामा ५ बर्षे हदम्याद नराख्ने कानुन निर्माण गर्न संसद्सँग माग समेत गरेको छ ।‘हाम्रो पार्टीले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुहुँदैन भन्ने विषयमा प्रस्ट धारणा राख्दछ । यसैगरी उक्त बैठकले संसद्लाई भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन र सम्पूर्ण राजनीतिक दलहरू र नागरिक समाजलाई यस विषयमा सजग बन्न आव्हान गर्दछ’, यस पार्टीले पारित गरेको तात्कालिक प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १२:२४