स्वजागरणमा प्रधानमन्त्री र सभामुखदेखि सांसदसम्म
१४ भदौ, काठमाडौँ । संघीय संसद सचिवालयसँगको सहकार्यमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले योग गर्नुभएका छन् ।
सरकारले योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मुलप्रवाहीकरण गरी स्वस्थ रहनुका साथै नैतिकवान समाजको निर्माण गर्ने नीति लिएको थियो । सोही अनुसार शुक्रबार प्रधानमन्त्रीदेखि सांसदहरूलाई ‘स्वजागरण’ कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति : August 30, 2024 at 11:45 am







