१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

म उमेरले ७० वर्ष पुग्दैछु, सँधै नेतृत्वमा बसिरहने पनि मेरो इच्छा छैन: प्रचण्ड

१४ भदौ, सुर्खेत । पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउनु उपयुक्त नहुने नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएका छन् ।

पार्टीको आन्तरिक छलफलमा भाग लिन आज सुर्खेत आउनुभएका  प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताउनुभयो ।

पार्टीभित्र राम्रो टिम बनेपछि अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोचेको छ’, उमेरले पनि म ७० वर्ष पुग्दैछ’, सँधै नेतृत्वमा बसिरहने पनि मेरो इच्छा छैन’, वाहाँले भन्नुभयो

माओवादीले सरकारबाट बाहिर हुँदा समेत देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको वाहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार ११:१४