नयाँ फुटबल रंगशाला बनाउन एन्फाले विनियोजन गर्यो २२ लाख डलर
१४ भदौ, काठमाडौँ । नयाँ रंगशाला निर्माणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बजेट विनियोजन गरेको छ।
भदौ ११ गतेदेखि १३ सम्म बसेको एन्फा कार्यसमिति बैठकले २५ देखि ४० हजार दर्शक अटाउने क्षमता भएको साथै सुविधासम्पन्न, आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड सहितको रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर तथा दशरथ रंगशालाको मैदान मर्मतको लागि समेत ३ लाख अमेरिकी डलर विनियोजन गरिएको हो ।
उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा भने जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्ने र तीन सदस्य समिति गठन गर्ने पनि एन्फाले निर्णय गरेको छ।

प्रकाशित मिति : August 30, 2024 at 10:51 am









