१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नाडा अटो शोको अवसरमा खल्तीले ल्यायो ‘कार सुरक्षा योजना’

१३ भदौ, काठमाडौँ । राजधानीमा जारी नाडा अटो शोको अवसरमा  डिजिटल वालेट ‘खल्ती’ले  ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ।

प्रयोगकर्ताहरूले रु २० हजारभन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू तथा खल्तीका थप सुविधाहरूको लाभ लिन सक्नेछन् ।

त्यस्तै, सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका निःशुल्क हरियो स्टिकर सेवा, निःशुल्क ब्लुबुक नवीकरण सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा समेत सेवा प्रदायकहरूमा ५०५ सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सेवा प्रदायकहरूमा कार मर्मत सेवा , कार डिटेलिङ , टायर सम्बन्धीलगायत विभिन्न सेवाहरू देखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सम्ममा छुटहरू उपलब्ध गरिएको छ ।

खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि पनि कार सुरक्षा निःशुल्क रहेको खल्तीले जनाएको छ।

प्रकाशित मिति : August 29, 2024 at 11:44 am