१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रित्तो हात युद्धमा गएर अर्बपति बनेको नबिर्सन माओवादीलाई नेता न्यौपानेको आग्रह

१३ भदौ, काठमाडौँ । राष्ट्रियसभामा सत्ता पक्षको मुख्य सचेतक समेत रहनुभएको नेकपा एमालेको नेता भगवती न्यौपानेले सबैभन्दा रबाफिलो र भड्किलो जीवनशैली महान जनयुद्ध भन्नेहरूमा देखिएको टिप्पणी गर्नुभएको छ । संस्थामा हिंसात्मक द्धन्द्धको विषयमा चर्चा चलिरहेको सन्दर्भमा बिहीबार बिहान न्यौपानेले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

dainiki.com

उहाँले युद्धमा सहभागी भएकाहरूको बीचमै बसह चलाउन अनुरोध गर्दै रित्तो हात युद्धमा गएर अर्बपति बनेको नबिर्सन माओवादी नेतालाई  आग्रह समेत गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको छ,

१० वर्षसम्म सशस्त्र युद्धमा जाने साथीहरू ….
सबैभन्दा पहिले आफैंभित्र बहस चलाउनुहोस …
तपाईंहरु भित्र कसैलाई मालामाल छ त कसैको बेहाल छ ।
युद्धको बहानामा बैंक लुटेको रकम खोल्तीमा , चन्दा असुलेको रकम खोल्तीमा ।
रित्तै हात युद्धमा गयो भयो अरबपति
बाठाले लुटे त्यहीँ पनि ठगिए सोझासिधा जति !!
युद्धमा जानभन्दा अगाडिको आर्थिक अवस्था , शान्ति प्रक्रियामा फर्किएपछिको आर्थिक अवस्था , अवसर पाउन भन्दा अगाडिको आर्थिक अवस्था , अवसर प्राप्त गरिसकेपछिको आर्थिक अवस्था तुलना गरेर हेर्नुहोस ।
सबैभन्दा रबाफिलो र भड्किलो जीवन शैली महान जनयुद्ध भन्नेहरुको देखिन्छ । यो के हो ?????????

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १०:२२