१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

माओवादी निकटका ठेकेदार केसी लड्डु खाँदै एमाले प्रवेश

१३ भदौ, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) निकट ठेकेदारहरूको संस्था राष्ट्रिय निर्माण ब्यावसाय संगठनका केन्द्रीय सल्लाहकार अशोक कुमार केसीलाई एमालेमा स्वागत गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा आयोजित कार्यक्रममा केसी माओबादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।

बाँकेको नेपालगञ्ज निवासी केसी निर्माण ब्यावसायीहरुको साझा संस्था नेपाल निर्माण ब्यावसायी महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ माओबादी केन्द्रको बिभिन्न भुमिकामा हुनुहुन्थ्यो । महासचिव पोखरेलले केसीलाई लड्डु खुवाएर केसीलाइ एमालेमा स्वागत गर्दै ठिक समयमा ठिक पार्टी छनौट गरेको बताउनु भयो ।

सो अवसरमा महासचिव पोखरेलले अस्थिरताले राज्य कमजोर हुने र त्यसबाट बिकास निर्माण प्रभावित हुने चर्चा गर्दै निर्माण ब्यावसाय क्षेत्रको उन्नतीका लागि पनि बलियो दल र बलियो राज्य आबश्यक रहेको स्पष्ट पार्नु भयो । प्रवेशी केसीले एमालेबाट मात्रै देश र जनताको भलो हुने भएकाले एमाले रोजेको बताउनुभयो

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार ०९:२७