१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

सुनको भाउ फेरि ऐतिहासिक उचाइमा, प्रतितोला कति पुग्यो?

१२ भदौ, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेर एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : August 28, 2024 at 11:19 am