सुजुकीले ल्यायो ‘पर्वोत्सव’ योजना, पाँच वर्षसम्म पेट्रोल खर्चमा छुट
११ भदौ, काठमाडौँ । दसैं तिहार भरीका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंसको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ अफर सार्वजनिक गरेको छ। कम्पनीले मंगलबारदेखि सुरू भएको नाडा अटो शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रूपैयाँसम्मको छुट प्रदान गर्नेछ।
उक्त योजना अन्तर्गत ग्राहकले चार लाख रूपैयाँसम्मको नगद छुट, २० हजारसम्मको लोयल्टी बोनस, एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी बिमा र सिट कभर सहितको एक्सेसरिजहरू पाउन सक्नेछन्।
त्यस्तै, सुजुकीले नाडा अटो शोमा सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा पाँच वर्षको लागि शून्य रनिङ खर्च हुने गरी अफर ल्याएको छ । ग्राहकले यो योजना अन्तर्गत किन्ने एपिक स्विफ्ट एक हजार लिटरसम्म निःशुल्क पेट्रोल खर्च र ११ पटकसम्मको मर्मतसम्भार तथा इन्जिन आयल निःशुल्क पाउनेछन्। यो छुटको अवधि पाँच वर्षसम्म हुनेछ।
प्रकाशित मिति : 17:12









