९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रधानमन्त्री ओलीलाई एमाले काठमाडौंको यस्तो ध्यानाकर्षण

१० भदाै, काठमाडाैँ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह गरिएको छ ।

यही साउन २४ गतेकाे उत्प्रेषणको आदेशका आधारमा महानगरपालिकाका प्रमुख निर्णयबाट नक्सा अनुमति रोक्काको सूचना प्रकाशन गरिएको छ।

आइतबार साँझ महानगरका उपप्रमुख सुनीता डंगोल, जिल्ला अध्यक्ष दीपक निरौला, एमाले बाग्मती प्रदेशका इञ्चार्ज राजन भट्टराई, पूर्व प्रमुख विद्यासुन्दर शाक्यसहितको प्रमण्डलले बालुवाटारमा प्रधानमन्त्री ओलीसमक्ष काठमाडौंको स्वास्थ्य, ढल, सडक, खाद्यान्न, खानेपानी, वातावरण सुधार गरिनुपर्ने साथै मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा र सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन माग गरिएकाे छ ।

त्यस्तै, उपत्यकाकाे नदीहरुको सौन्दर्यीकरण  र फोहोरमैलाको दीर्घकालीन समाधान गर्न समेत माग गरिएको छ।

प्रकाशित मिति : August 26, 2024 at 10:30 am