१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मलाई अब अध्यक्ष भइरहने कुनै चाहना छैन तर छ्वाट्ट छाड्न सक्दिनँ: अध्यक्ष दाहाल

७ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब याे पार्टीको अध्यक्ष भएर बसिरहन कुनै चाहना नभएको तर छ्वाट्टै  छाड्न भने तयार नभएको बताउनुभएकाे छ ।

बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई समापन गर्दै अध्यक्ष दाहालले साे कुरा बताउनुभएकाे हाे ।

३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु, ‘अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन। तर मेरो नेतृत्व आनन्ददायीमात्रै रहेन। युद्धभन्दा बाहेक उथलपुथलमय नेतृत्व पनि गरेँ मैले,’ अध्यक्ष दाहालले भन्नुभयाे ।

अध्यक्ष दाहालले नेतृत्व छाड्का लागि पहिला सिस्टम र सेट बनाएर मात्रै आफू बाहिर निस्कन उपयुक्त होला भन्नुभयाे ।

वाहाँले बाहिरका साथीहरूले पनि अहिले नै आफूलाई नेतृत्व नछाड्न आग्रह गरेको बताउनुभयाे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १३:१०