३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

‘रवि लामिछाने ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो’

७ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी रहेको ठोकुवा गर्नुभएको छ । पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्दै ढकालले शुक्रबार रवि माथि अनेक प्रश्न समेत गर्नुभएको छ ।

मुकुलले जवाफमा भन्नुभएको छ, ‘तपाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नु हुन्छ भने मलाई गलत साबित गर्नुहोस्,म उनले भनेका छन्, ‘तपाईको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु होइन, यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाई जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

ढकालले सभापतिलाई ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने पनि दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाई दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ रु आम पार्टी सदस्य एवं नेता गणका राजनीतिक भविष्यलाई तपाईले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईले गरेको कु–कर्मको पर्दाफास गर्न पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो ।’

यस्तो छ ढकालले दिनुभएको जवाफ

प्रकाशित मिति : August 23, 2024 at 12:02 pm