२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

रेन्बो डिस्टिलरीले आइपिओ निष्कासन गर्ने

५ भदाै, काठमाडाैँ । भैरहवा स्थित रेन्बो आइपिओ निष्कासन गर्ने भएको छ।

यी सबै प्रक्रियाका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवा अन्तर्गत ‘रोड टु आइपिओ’ योजना सम्बन्धी सम्झौता गरेको छ।

गत शुक्रबार यस सम्बन्धी  रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुषाल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभएका छन् ।

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत वृद्धी गरी पब्लिक कम्पनीमा रुपान्तरण हुनेछ।

एलिटले रेन्बोलाई चुक्ता पुँजी वृद्धि, व्यवसाय विस्तार, वित्तिय व्यवस्थापन तथा बजारीकरणका लागि पनि संस्थागत परामर्श सेवा उपलब्ध गराइ आइपिओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराइटरको व्यवस्थापन समेत गर्ने सम्झौतामा उल्लेख गरिएकाे छ।

कम्पनीका अध्यक्ष डा. ध्रुब भट्टराईका अनुसार कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट जडान गरिए सँगै पुँजी वृद्धिपछि पब्लिक कम्पनीमा रुपान्तरण भई आइपिओ जारी गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : 14:05