१४ पुष २०८१, आईतवार | Sun Dec 29 2024

८ तिर्थ यात्रु बगाएको खोलामा प्रहरी र सशस्त्र प्रहरीले बनायो अस्थायी साँघु

-नृपेन्द्र बहादुर मल्ल

५ भदाै, मुगु । मुगु छायानाथ रारा नगरपालिका वडा न १ स्थित अल्का साँघु भन्ने स्थानमा नगरपालिकाको समन्वयमा नेपाल र सशस्त्र प्रहरीले अस्थायी साँघु बनाएको छ । सोमबाट छायानाथ धामबाट फर्कदै गरेका तिर्थयात्रु मध्य ८ जना उक्त स्थान भएर बगेको गमगाढ खोला माथी लगाइएको लाप्कोबाट खसेपछी मंगलबार नगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा २ वटा लाप्का लगाएको हो ।

छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी,ससस्त्र प्रहरी,नगरप्रहरी र वडा न १ श्रीनगर र घाट गाउका स्थानियहरुको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।सोमबार विहान स्थानियहरुले काठको एउटा लाप्को लगाएपनी सानो र हिडन साघुरो लाप्को भएकाले तिर्थयात्रुहरु नदिमा खसे त्यसैले सबैको सहयोगमा आज चाक्लो फराकिला र बाइक पनि गुड्न मिल्ने २ वटा लाप्का लगाएका छौ वडा अध्यक्ष मल्ल भन्नुहुन्छ ।

काठका २ वटा लाप्का लगाउन प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि,प्रहरी नायव निरीक्षक विरेन्द्र थापा,शसस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुवर पनि पुग्नु भएको थियो । गमगढी नाक्चेलाग्ना सडक अन्तरगत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्का खोलेर पक्की पुल लगाउन काम शुरु गरेपनी कछुवा गतिमा काम गर्दा मानिसहतुलाइ आवत जावत गर्न समस्या हुँदै आएको छ ।

छायानाथ रारा नगरपलिका वडा न १,१०,११ र १२ बस्तिहरु र सिङ्गो मुगुम कार्मारोङ्ग गाउपालिका यहि खोला भएर आवत जावत गर्ने गर्छन । सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउका युवाहरु,नेपाल प्रहरी,नगरप्रहरीले उद्दार गरेका थिए । उद्दार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको छ ।

छायानाथबाट फर्कदै गरेका तिर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तिर्थ यात्रुको विहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउका युवा रामराज मल्ल सहित अन्य युवा तथा प्रहरीहरुले उद्दार गर्दै गरेको भिडियो विभिन्न सन्चार माध्यम र सामाजिक सन्जालमा भाइरल हुदा स्थानिय सरकार ,कर्णाली प्रदेश सरकार र संघीय सरकारको सबै तिरबाट चर्को आलोचना भएको थियो ।

खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राज मल्ल, धर्म राज बिक, बिष्ण बिक, सञ्जु बिक, पिउली सरा बिक र एक जना नाम नखुलेका अर्का युवा सहित ८ जना गमगाढ खोलामा खसेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०९:२७