२० जेष्ठ २०८१, आईतवार | Sun Jun 2 2024

ट्याक्टर पल्टीएर एकको मृत्यु


५ चैत, उर्लाबारी । मोरङमा हिजो राती ट्याक्टर पल्टीएर एक जनाको मृत्यू भएको छ ।

सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको ट्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्याक्टरमा च्यापीदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०८:४२