१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा

४ भदौ, काठमाडौं । बुधबार बिहान ८ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठक वनस्थली पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले बोलाउनुभएकाे हाे ।

बैठकमा कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बिषयमा छलफल हुने र सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन, उपलब्धि, स्थानीय तह उपनिर्वाचन तथा संविधान दिवसको कार्यक्रम जस्ता बैठकका एजेन्डा रहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ११:१४