१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राजनीतिक दस्तावेजलाई पूर्णता दिन समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै

३ भदाै, काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक बस्ने भएको छ । उक्त बैठक साेमबार दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिनुभयाे । बैठकले दिएकाे निर्देशन अनुसार सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने श्रेष्ठले बताउनुभयाे ।

यसअघि आइतबार  बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएका कारण नै स्थगित भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ११:४६