९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सूचनाको हकको कार्यान्वयनका लागि थप जिम्मेवार भएर लाग्न प्रधानमन्त्री ओलीको आह्वान

३ भदाै, काठमाडौँ । सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकार लगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएकाे छ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्तगर्दै लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको कामकारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताउनुभयाे । सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने समेत प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभयाे, ‘नेपाल सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ वाहाँले भन्नुभयाे ।

प्रकाशित मिति : August 19, 2024 at 10:30 am