१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्ले स्टोरमा १ करोडभन्दा बढी डाउनलोड पूरा गर्ने पहिलो डिजिटल वालेट एप बन्यो इसेवा

३२ साउन, काठमाडाैँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा गरी नेपालकाे पहिलो डिजिटल वालेट एप बन्न सफल भएकाे छ ।

यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट भएको कम्पनीले जनाएकाे छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको लगभग १६ वर्षकाे अवधिमा नै इसेवाले नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याएउनका साथै याे उपलब्धि हासिल गरेको हो।

इसेवाले नेपालका विभिन्न विकट ठाउँहरूमा सुविधा सम्पन्न हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सहजता पुर्याएकाे छ ।

अहिलै नेपालको ७७ वटै जिल्लामा पहुँच भएको याे कम्पनीसँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहकहरू, ४९ बैंकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४५ लघुवित्तहरू ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध छन्।

प्रकाशित मिति : August 16, 2024 at 1:52 pm