१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा अख्तियारको १० बुँदे सुझाव

३१ साउन, काठमाडौँ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० बुँदे सुझाव दिएको छ । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईले १० बुँदे लिखित सुझाव दिनुभएकाे हाे ।

अख्तियार प्रमुख प्रेमकुमार राईले सुझावमा मुल ऐनको दफा २ को खण्ड (ग) मा उल्लेखित सार्वजनिक संस्था भन्ने शब्दको परिभाषामा सशोधन गर्न प्रस्तावित मुल विधेयकमा संशोधन गर्न दिइएको सुझाव आवश्यक नभएको बताउनुभयाे ।

यसलाई सम्बोधन गर्न राष्ट्रियसभाबाट पारित प्रतिवेदनको बुँदा नम्बर २  अन्तरगतको खण्ड (ग) को उपदण्ड (४) को अन्त्यमा ‘वा संघ संस्था’ भन्ने शब्दहरु थप गर्नुपर्ने तथा राष्ट्र सेवकले विदेशमा घर जग्गा, व्यापार व्यवसाय, धितोपत्रमा लगानी गरेमा बैंक खाता खोलेमा र अन्य क्षेत्रमा लगानी गरेमा सजाय हुनुपर्ने प्रस्ताव अख्तियारको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १३:०१