१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आज चार संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

३१ साउन, काठमाडौँ । बिहिबार चार वटा संसदीय समितिको बैठक बस्ने भएकाे छ । बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । उक्त बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । उक्त बैठकमा भने सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुने भएकाे छ ।

बिहिबार नै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठक पनि दिउँसो ३ बजे बस्ने भएकाे छ । उक्त बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै पुन: दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुने भउकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १०:१४