९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

प्रभु इन्स्योरेन्सको नाफा दोब्बर

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण प्रभु इन्स्याेरेन्सले सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस कारण पनि कम्पनीको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड ८० लाख रुपैयाँ भएकाे कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड रुपैयाँ छ ।

नाफासँगै प्रतिसेयर आम्दानी  पनि बढेर ६५ करोड २२ लाख रुपैयाँ  रहेकाे छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा छ, भने सञ्चित नाफा २५ करोड ६५ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १०:५३