९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

२९ साउन, काठमाडाैँ । डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ।

डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ८ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

छुट लिनका लागि  बैंकका ग्राहकहरूले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १३:२१