९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षमा कमायो ५१ करोड ३९ लाख नाफा

 २९ साउन, काठमाडौं । गत वर्ष नेपाल लाइफ इन्स्योरेन्सले ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको वित्तीय रिपोर्ट अनुसार कर्जा लगानीबाट राम्रो आम्दानी हुँदा नाफामा वृद्धि भएको हो । २०८०/८१ को कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको बीमा कोषको आकार बढेर १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, भने आर्थिक वर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १३:०७