८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

श्रमिक विदेश जाँदा लाग्ने शुल्क रोजगारदातालाई तिराउन सिफारिस

२८ साउन, काठमाडाैँ । युवाहरू वैदेशिक रोजगारीमा जाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने व्यवस्था मिलाउन विज्ञहरूले सरकारलाई सिफारिस गरेका छन्।

श्रम आप्रवासन नीतिमा युवाहरूको लागत रोजगारदाताले तिर्ने व्यवस्था लागू गर्न श्रम तथा आप्रवासन विज्ञ डा.गणेश गुरूको संयोजकत्वमा गठित टोलीले प्रस्ताव गर्नुभएकाे हाे ।

श्रम आप्रवासन नीतिको मस्यौदा श्रम रोजगार र सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई पेश गर्दै विज्ञ गुरूले वैदेशिक रोजगारीलाई थप सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउन आवश्यकता रहेकाे औंल्याउनुभयाे ।

त्यसेगरी, श्रम आप्रवासनमा हुने खर्च रोजगारदाताले बेहोर्ने प्रणाली ‘इम्प्लोयर पे मोडल’ को विस्तार एंव प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरिएको छ।

प्रकाशित मिति : August 12, 2024 at 5:33 pm